सियोनमा र हाम्रो परिवारमा कसैले किन त्यस्तो व्यवहार गरिरहेको छ भनेर बुझ्यो भने समानुभूति दिन सकिन्छ, तर कारण बुझेन भने असमझदारी भएर रिसाउन पुगिन्छ, अनि अन्त्यमा शत्रु बन्न पुगिन्छ ।
तसर्थ परमेश्वरले एक-अर्कालाई बुझिदिएर विचारशील हुनुको महत्त्वलाई जोड दिनुहुँदै नयाँ करारको महत्त्वपूर्ण शिक्षाको रूपमा ‘एक-अर्कालाई प्रेम गर’ भन्ने शिक्षामा जोड दिनुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरूले आफ्नो निम्ति पिता-माताले भोग्नुभएको कष्ट, पीडा, अपमान र तिरस्कारलाई याद गर्दै, आफ्नो लागि मात्र जिएको विगतको पुरानो स्वभाव फालेर अरूप्रति विचारशील हुने, अरूको निम्ति बलिदान गर्ने र सक्रियतापूर्वक प्रेम कार्यान्वयन गर्दै, नयाँ स्वभाव धारण गर्न प्रयत्न गर्छन् ।
यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं । परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ । ... जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ । १ यूहन्ना ४:१६-२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति