अनन्तका पिता, शक्तिशाली परमेश्वर यस पृथ्वीमा आउनुभएर क्रूसमा टाँगिनुभयो, अनि उहाँले असंख्य मानिसहरूबाट गिल्ला, अपमान र सतावट पाउनुभयो । यद्यपि आफ्ना साँचो प्रजालाई खोजीकन उनीहरूका पाप प्रायश्चित गरिदिएर बचाउनको निम्ति उहाँले मौनतापूर्वक ती सबै अवस्थाहरू सहनुभयो ।
स्वर्गीय सन्तानहरूलाई बचाउने प्रक्रियाभित्र पहिलो आगमनको समयमा येशूज्यू र दोस्रो आगमनको समयमा आन साङ होङज्यू र स्वर्गीय माता यरूशलेम यस पृथ्वीमा शरीर धारण गरी आउनुभयो । अगमवाणीअनुसार यो मार्गमा शोकका दिनहरू र त्यसपछि चाहिँ महिमा पाउनुहुने हर्षका दिनहरू समावेश छन् । यो प्रतिज्ञाअनुसार अहिले परमेश्वरको मण्डलीलाई डोऱ्याइरहनुभएकी माता परमेश्वरको महिमा विश्वभरि प्रकट भइरहेको छ ।
येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ ?” यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ ।” यूहन्ना १०:३२-३३
तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, र तेरो चन्द्रमा पनि घट्नेछैन । परमप्रभु तेरो सदाको ज्योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्त्य हुनेछ । यशैया ६०:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति