परमेश्वरको मण्डलीको सुसमाचारचाहिँ मर्कूसको माथिल्लो तलाजस्तो सानो ठाउँबाट सुरु भएको हो । आन साङ होङज्यू परमेश्वर र माता परमेश्वरको आशिष् र मार्गदर्शनमा हुर्किएर यो मण्डली अहिले सारा संसारभरि सुसमाचार फैलाउने विश्वव्यापी मण्डली बन्न सफल भएको छ ।
परमेश्वरको इच्छाविपरीतको सोचाइ र जीवनमा लिप्त भइयो भने हामी कहिल्यै समृद्ध हुन सक्नेछैनौं । परमेश्वरले गर्नुभएको असङ्ख्य चमत्कारहरू देखेर पनि इस्राएलीहरूले उहाँको शक्तिमाथि शङ्का गर्ने पाप गरे, तर हामीलाई सधैँ सहयोग गर्नुहुने परमेश्वरलाई सुन ठान्यौं भने हामीले प्रशस्त आशिष् प्राप्त गर्न सक्नेछौं ।
“अब परमेश्वरका अधीनमा हुनुहोस् र उहाँसित मिलाप गर्नुहोस् । यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ । उहाँको मुखबाट शिक्षा लिनुहोस्, र तपाईंले आफ्नो हृदयमा उहाँका वचनहरू सञ्चय गर्नुहोस् । नम्रसित तपाईं सर्वशक्तिमान्तिर फर्केर आउनुभयो भने, तपाईंलाई पुनर्स्थापना गरिनेछ, तपाईंले आफ्नो घरबाट खराबी त्यागिदिनुभयो भने, तपाईंले आफ्ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने, ओपीरको सुनलाई खोल्साको ढुङ्गासरह मान्नुभयो भने, सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ, र उहाँ नै तपाईंको निम्ति सबैभन्दा असल चाँदी हुनुहुनेछ । अय्यूब २२:२१-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति