मण्डलीहरूले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा
शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्” (मत्ती २४:३०) भन्ने वचन प्रयोग गर्दै,
बाइबलमा उहाँ ठूलो महिमासाथ आउनुहुनेछ भनिएकोले दोस्रो आगमनका ख्रीष्ट
शरीरमा आउनुहुनेछैन भनेर जिद्दी गर्ने गर्छन् ।
तर मानिसको आँखामा महिमित नदेखिने शरीरमा आउनुभएर
येशूज्यूले “परमप्रभुको महिमा प्रकट गरिनेछ” (यशै ४०:५) भन्ने
अगमवाणीको वचन पूरा गर्नुभयो ।
तसर्थ तिनीहरूको जिद्दी सरासर झूटो छ भनेर हामी बुझ्न सक्छौं ।
ख्रीष्टलाई ग्रहण गरेर मुक्ति पाएका मानिसहरूले मात्र हामीजस्तै
सामान्य स्वरूपमा आउनुहुने दोस्रो आगमनका
ख्रीष्टको महिमालाई चिन्न सक्छन् ।
“अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई
हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं,
जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।”
यूहन्ना १:१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति